डोटीमा ट्याक्टर पल्टिदा एक युवकको मृत्यु

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा बुधवार साँझ ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । 

मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ । 

बुधवार साँझ साढे ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ९ : ४६ बजे