एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दै छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः०० बजे पोलिटब्युरो बैठक बस्ने छ । मङ्गलवार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । 

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ । १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।

आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले यही भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । 

भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरिएको एमालेले बताएको छ । 

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ७ : १७ बजे