अस्पतालबाट कैदी फरार प्रकरण: कार्यालय प्रमुख हटाइए

काठमाडौं – उपचारका क्रममा अस्पतालबाट फरार भएका कैदी बन्दीका बारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आज उपचारका क्रममा टिचिङ अस्पतालबाट फरार भएका  रामेछाप पिल्पुङ्ग गापा २ का भोला बुढाथोकी फरार भएको बारे छलबिन गर्न समिति गठन गरिएको हो । 

प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको विज्ञप्तिमा जनाइएको छ । 

कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आजैका मितिबाट नलम्बन गरिएको प्रहरी उपरीक्षक पालले जारी गरेको सूचनामा जनाइएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ९ : ५१ बजे