राष्ट्रपतिद्वारा वर्तमान तथा पूर्व सुरक्षा अधिकारीहरुसँग छलफल

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले उहाँहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गर्नुभएको हो । 

नेपाली सेनाको परमाधिपतिसमेत रहनुभएको राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उहाँहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। 

दोस्रो कार्यकालको अन्तिम चरणमा रहनुभएको राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तालाई तिव्रता दिनुभएको छ । 

राष्ट्रपति भण्डारी दोस्रो पटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकाल सकिँदै छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : १६ बजे