‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतको आदेश

जनकपुरधाम । उच्च अदालत जनकपुरले महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको मुद्दामा डीएनए जाँच गर्न आदेश दिएको छ । 
बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो ।

निहारिकाको नामबाट ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो । निवेदनमा जाहेरीवाला र प्रतिवादी श्रीमान्–श्रीमती भनी उल्लेख थियो । सोही आधारमा जिल्ला अदालत धनुषाले ०७८ माघ २४ गते जबर्जस्ती करणी नभएको फैसला सुनाएको थियो ।

अदालतले अब यी निवेदन र निहारिकाको बच्चाको डीएनए जाँच गर्न आदेश दिएको हो । 

जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन् । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको  भन्दै उनी काठमाडौंमा दोस्रोपटक आमरण अनशनमा छिन् । 
अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्रयाकमा अघि बढेको हो । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ५ : ५६ बजे