साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

१५ न्यूनदृष्टियुक्तसहित २४३ जनाले गरे रक्तदान

गण्डकी – रेडियो अन्नपूर्णको १९औँ बृहत रक्तदान कार्यक्रममा १५ न्यूनदृष्टियुक्तसहित २४३ जनाले रक्तदान गरेका छन् । 

    रेडियोकै प्राङ्गणमा आयोजित रक्तदानमा १९९ पुरुष र ४४ महिलाले रक्तदान गरेका हुन् । रेडियो अन्नपूर्णले वर्षेनी गर्दै आएको रक्तदानअन्तर्गत यसपटक ७६ नयाँ रक्तदाता र नेत्रहीन सङ्घ कास्कीका १५ न्यूनदृष्टियुक्त रक्तदान गरेका छन् ।रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखेले विगत १९ वर्षदेखि रेडियोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिँदै सबैको साथ सहयोगका कारण कार्यक्रमले निरन्तरता पाएको बताउनुभयो ।

    कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेज गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छे, रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्ल, १९औँ वृहत रक्तदान कार्यक्रमका संयोजक दीननाथ बराल लगायतले सामाजिक सचेतनाका साथै समाजिक सेवाका हरेक क्षेत्रमा रेडियो अन्नपूर्णले निभाएको भूमिका बारे चर्चा गर्नुभयो । 
 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ५८ बजे