विहारका सभामुखद्धारा राजीनामा

पटना । भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिनु भएको छ । भारतीय जनता पार्टीका नेता समेत रहनु भएका सिहंले प्रदेश सभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिनु भएको हो । उहाँले आफ्नो जिम्मेवारी जेडीयु गठवन्धनका नेता नरेन्द्र नारायण यादवलाई दिनुभएको छ ।

सत्तारुढ गठवन्धनले उहाँको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाले उहाँले राजीनामा दिनु भएको पनि बताइएको छ । उहाँले आफू विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्ताव अवैधानिक भएको दाबी पनि गर्नु भएको छ । संसदमा पठाइएका नौ मध्ये आठ पत्र अवैध रहेको उहाँको भनाई छ ।  

अवैध कामका कारण जनतामा नकारात्मक सन्देश गएको र थप नराम्रो देखिन सक्ने भएकाले आफूले राजीनामा दिएको उहाँले बताउनु भयो । भारतीय जनता पार्टीबाट विहारको प्रदेश सभामा निर्वाचित सांसदहरुले संसद भवन वाहिर विरोध प्रदर्शन गरेका छन् ।   
 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ४ : ०६ बजे