काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुनधारास्थित काठमाडौँ मल अगाडि रहेका अवैध संरचना भत्काउन सुरु गरिएको छ।
महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ती संरचना डोजर प्रयोग गरी भत्काउन थालेको हो ।
अवैध संरचना भत्काउन महानगरपालिकाका मेयर बालेन्द्र शाह आफैँ सुनधारा पुग्नुभएको छ । मेयर साहसहित ट्राफिक प्रहरीका डिआइजी मीरा चौधरी पनि पुग्नुभएको छ ।
संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।
प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ११ : ४८ बजे
प्रतिक्रिया