निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । 

आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।

आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कागजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो । 

यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन नपाइने आयोगले जनाएको छ । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् ।

 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ९ : २८ बजे