भारतमा चम्किँदै देवा थापा, सरकार बेखबर

काठमाडौँ – पाल्पाको निस्दीका होचा कदका देवबहादुर कुँवर थापा मगर (देवा थापा) यतिखेर भारतको अधिकांश राज्यहरूमा कुश्तीमार्फत् वाह वाही कमाइरहेका छन् ।

भारतको पन्जाब प्रान्तमा एक तावामा रोटी सेक्ने काम गर्दै आएका थापाले भारतका अधिकांश राज्यहरूमा कुश्तीमार्फत् बडे-बडे राष्ट्रिय-अन्तर्राष्ट्रिय पहलमानहरूलाई धुलो चटाएर नेपालको नाम उच्च बनाएका छन् । थापाले  भारतमा रहेर कुस्ती मार्फत नेपालको नाम उच्च बनाइरहँदा नेपाल सरकार भने यसबारे पुरै बेखबर जस्तै देखिएको छ ।

अधिकांश राज्यहरूमा हुने  कुस्ती प्रतियोगितामा 'देवा थापा काठमान्डु नेपाल से' भन्दै प्रस्तोताले उनीलाई स्वागत गर्दै आएका छन् ।

सरकारले  राष्ट्रिय खेलकुद परिषद् मार्फत वार्षिक अर्बौँ बजेट सिद्ध्याउँदै आए पनि देवाले जति पनि योगदान दिन सकिरहेका छैनन् । भारतीयहरूमाझ देवाको दबदबाका कारण विश्वभरका नेपालीहरू उनी प्रति गौरव गर्न थालेका छन् ।

भारतमा बसेर कुश्तीमार्फत् वाह वाही कमाइरहेका देवा थापाबारे बेखबर रहेको सरकार भने भ्रष्टाचारीहरूलाई विभूषणले विभूषित र  सम्मानित गर्नतिरै व्यस्त छ । सरकारले देवा थापाको व्यक्तिगत र पारिवारिक भविष्यको बारेमा समेत सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्थ्यो ।

भारतीयहरूलाई नेपाली अग्रजहरूको योगदान, वीरता र गोर्खाली इतिहास पुनर् ताजगी गर्ने दूतको रूपमा राष्ट्रले देवा थापालाई सम्मान गर्नुपर्छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : १२ बजे