​​भेस्पा र अप्रिलिया स्कुटरको मूल्य वृद्धि

​​​​​​​काठमाडौँ –  नेपालमा महङ्गो स्कुटरको नामले चर्चित भेस्पा र अप्रिलियाको मूल्य वृद्धि भएको छ ।

भेस्पा र अप्रिलिया स्कुटरहरूको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले गत भदौ १ गतेबाट लागु हुने गरी मूल्य वृद्धि गरेको हो । कम्पनीले भेस्पा र अप्रिलियाको हरेक मोडलमा छ हजार रूपैयाँदेखि सात हजार पाँच सय रूपैयाँसम्मको दरले मूल्य वृद्धि गरेको छ ।

नेपाली बजारमा अहिले भेस्पा स्कुटरको ९ मोडल र अप्रिलिया स्कुटरको ५ वटा मोडलहरू बिक्री हुँदै आएको छ ।

 

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : ५० बजे