फिनल्याण्डकी प्रधानमन्त्रीकाे ड्रग टेस्ट परीक्षण नेगेटिभ

हेलसेन्की । फिनल्याण्डकी प्रधानमन्त्रीले ड्रग टेस्ट परीक्षणमा नेगेटिभ नतिजा आएको छ । प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन् ।

एउटा पार्टीमा अस्वभाविक रुपमा डान्स गरेको भिडियो भाइरल भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो । सोही विषयलाई लिएर ३६ वर्षीया प्रधामन्त्री विवादमा तानिएकी थिइन् । 

प्रधानमन्त्रीको पिसाबको नमुना लिएर विभिन्न लागूऔषध जस्तै कोकिन, एम्पेथामिन, क्यानाविस, लिडा भालिन परीक्षण गरिएको उनका विशेष सल्लाहकारले बताएका छन् । ‘१९ अगस्ट २०२२ मा प्रधानमन्त्री सन्ना मारिनमा गरिएको परीक्षणमा ड्रग देखिदैन,’ मारिनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ । रिपोर्टमा डाक्टरले हस्ताक्षर गरेका बताइएको छ । 

‘एउटा वृहत परीक्षण गरिएको थिएन । हामीले परीक्षण कसरी गर्ने भनेर छनौट गरेनौं’ मारिनले भनिन् । गत साता चुहावट भएको एउटा भिडियोमा मारिनलाई साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच्दै पार्टी गरिरहेको देख्न सकिन्छ । भिडियोले विश्वभर विवाद सिर्जना गरेको थियो । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : १८ बजे