भारतद्वारा श्रीलङ्कालाई २१ हजार टन मल हस्तान्तरण

कोलम्बो – भारतले आर्थिकपमा सङ्कटग्रस्त छिमेकी मुलुक श्रीलङ्कालाई सोमबार २१ हजार मेट्रिक टन मल हस्तान्तरण गरेको छ ।

श्रीलङ्काको कोलम्बोस्थित भारतीय उच्चायोगले गरेको ट्वीटमा भनिएको छ,“भारतीय उच्चायुक्तले भारतको विशेष सहयोगमा आपूर्ति गरिएको २१ हजार टन मल औपचारिक रूपमा श्रीलङ्काका जनतालाई हस्तान्तरण गरेका छन् । यसले दुई देशबीचको मित्रता र सहयोगमा थप टेवा पुगेको छ ।”

भारतको सहयोगमा गत महिना ४४ हजार टन खाद्यान्न आपूर्ति भएको थियो । मल हस्तान्तरणले खाद्य सुरक्षामा योगदान पु¥याउनुका साथै किसानलाई सहयोग पु¥याउनेछ ।

यसले भारत र श्रीलङ्काबीचको घनिष्ठ सम्बन्ध, पारस्परिक विश्वास र सद्भाव सिर्जना गर्दै जनतालाई प्रत्यक्ष लाभ पु¥याउनेछ,” भारतीय उच्चायोगले भनेको छ ।

श्रीलङ्कालाई उनीहरूको आवश्यकताअनुसार आर्थिक सहयोग प्रदान गर्न भारत अग्रपंक्तिमा रहँदै आएको छ र आवश्यक समयमा अधिकतम सहयोग प्रदान गर्ने देशहरूमध्ये एक हो ।

सन् २०२२ को सुरुदेखि नै श्रीलङ्काले बढ्दो आर्थिक सङ्कटको सामना गरिरहेको छ र सरकारले आफ्नो विदेशी ऋणमा डिफल्ट गरेको छ । संयुक्त राष्ट्रसंघले श्रीलङ्कामा ५७ लाख मानिसलाई तत्काल मानवीय सहायताको खाँचो रहेको चेतावनी दिएको छ ।

श्रीलङ्कावासीले खाद्यान्न र इन्धनलगायत अत्यावश्यक वस्तुहरूको चरम अभाव भोगेपछि मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन सुरु भएको थियो । श्रीलङ्कामा खाद्यान्न र इन्धनको अभावका कारण ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका कारण गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेको छ ।

श्रीलङ्कामा कोभिड–१९ को महामारी सुरु भएदेखि नै अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ, ईन्धन आयात गर्ने उसको क्षमतामा असर पारेको छ, जसले गर्दा देशमा बिजुली कटौती भएको छ । 

अत्यावश्यक वस्तुको अभावले श्रीलङ्कालाई मित्र राष्ट्रहरूबाट सहयोग माग्न बाध्य बनाएको छ ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ०६ बजे