निर्वाचन आयोगले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने 

काठमाडौँ । निर्वाचन आयोगले सङ्घीय संसद् र प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

निर्वाचन आचारसंहिता सम्बन्धी विषय लगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आयोगले छलफलका लागि बोलाएको हो । 

छलफल बिहान ११ः३० देखि सुरु हुने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गरेको आयोगले मतपत्र लगायतका विषयमा पनि राजनीतिक दलहरूसँग आयोगले सुझाव माग्नेछ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ३६ बजे