‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सप्तरीमा २४० केजी गाँजा बरामद

सप्तरी । सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।   जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान  २४० केजी गाँजा बरामद गरेकाे छ।

नेपालबाट अबैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेकाे हाे । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेकाे कमान्डमा खटिएको सशस्त्र प्रहरीकाे माेबाइल गस्ती टाेलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाकाे आधारमा  गाजा बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे,´ पछिल्लो समय प्रदेश न. १ काे सुनसरी र प्रदेश न.२ काे सप्तरीमा अवैध गाजा तस्करहरू सक्रिय रहेकाे अवस्थामा सिमावर्ती नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलाे परिमाणमा  गाँजा बरामद भएको हो।

पछिल्लो ७ महिनाकाे अवधिमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१ स्थित कोसी ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलाे गाँजा  बरामद  गरेको हो।
 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ५५ बजे