यस्तो छ आजको विनिमय दर

गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरस्थित मेडिसिटी अस्पताल पुग्नुभएको छ ।  उहाँ अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुग्नुभएको हो । 

बिहान ११ बजे अस्पताल पुग्नुभएका राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहनुभएको थियो ।

अस्पताल पुगेर राष्ट्रपति भण्डारीले लामो समयदेखि उपचार गराइरहनुभएका गिरीको स्वास्थ्यलाभको कामना गर्नुभयो   । निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएका गिरीको गतवर्ष घाँटीमा क्यान्सर देखिएको हो । उहाँलाई भारतको मुम्बईमा उपचारपछि काठमाडौं ल्याइएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : ४५ बजे