माधव, प्रचण्ड कांग्रेसका पुच्छर हुन्, जता हल्लायो उतै हलिन्छन् : केपी ओली

इलाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल आफ्ना लागि होइन कांग्रेसका लागि काम गरिरहेको बताउनु भएको छ ।

इलामकाे चुलाचुली पार्टी प्रवेश कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले माधव, प्रचण्ड कांग्रेसको पुच्छर भएकोले उसले जता हल्लायो उतै हलिन्छन् ।

‘मदन भण्डारी राजमार्ग मेरो सोचले बनाएको हो’ अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुलाचुलीमा जुन ठाउँमा लगिएको छ, अन्त जादैन । अहिले जुन ठाउँबाट लगिएको छ त्यहीबाट जान्छ ।’

अध्यक्ष ओलीले यसको जस एमालेले लिनुपर्ने बताउनु भएको छ । दमकबाट चुलाचुली जोड्ने रतुवाको पुल नहुँदा बर्खामा उपचार नपाएर कैयौं मानिस मर्ने गरेको बताउदै उहाँले आफनो पहिलो कार्यकालमा शिलन्यास गरेर दोस्रो कार्यकाल उद्घाटन गरेको बताउनु भयो । ‘एमालेले विकास बाहेक’ अरु देख्दैन अध्यक्ष ओलीले बताउनुभयो ।

इलामको चुलाचुलीमा विभिन्न पार्टी परीत्याग गरी ११३५ जना नेकपा एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङले पार्टीमा प्रवेश गराइरहनुभएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ३ : २४ बजे