वैदेशिक रोजगारीका लागि एक हजार नेपाली शून्य लागतमा मलेसिया जान पाउने

काठमाडौँ । वैदेशिक रोजगारीका लागि एक हजार नेपाली शून्य लागतमा मलेसिया जान पाउने भएका छन् । 

त्यसका लागि मलेसियामा रहेको कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले सम्झौता भएको छ । 

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शून्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली म्यानपावरसँग सम्झौता गरेको हो ।

मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच बिहीबार काठमाडौँको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता पत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माइकल ली  र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली म्यानपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेष्ठले हस्ताक्षर गर्नुभयो  । 

सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट म्यानपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । 

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली म्यानपावरबाट पहिलो चरणमा १००० कामदार मलेसिया जान पाउने र केही समयमै थप  १००० कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माइकल लिले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताउनुभयो । 

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली म्यानपावरका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमुना म्यानपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताउनुभयो । 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : १० बजे