‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जाग हे जाग

जाग हे जाग नेपाली जनता राष्ट्र घात हुने भो
प्रभुको हुकुम तामेल गर्ने दिन दशा आउने भो
जन्मँदै देखि स्वतन्त्र नेपाल पराधीन हुने भो
अग्र नै खाँटी अर्कैका साथी अब धूम हुने भो

सब कुरा यहाँ सेटिंगमा चल्छ बल्ल पो बुझियो
प्रभुको आशिष थाप्नलाई ढोका कुरेको देखियो
पुर्खाको नासो यो देश हाम्रो एकादेश हुने भो
केहिकाल पछि बैरीको पाउको तलुवा हुने भो

परमादेश हिजो त्यत्तिकै कहाँ जारी भा रहेछ
नागरिकता विधेयक गुरुलाई भेटी चढ़ाको रहेछ
अब त हुन्न चुपचाप बस्न लौ बेला घर्कियो
शिरमा देश बोकेर उठौँ सब बरबाद हुने भो

जाग हे जाग नेपाली जनता राष्ट्र घात हुने भो ।
प्रभुको हुकुम तामेल गर्ने दिन दशा आउने भो ।।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ५ : १७ बजे