बाढीमा सोह्रको मृत्यु, दर्जनौं बेपत्ता

बेइजिङ । उत्तरपश्चिम चीनमा अविरल वर्षाका कारण गएको पहिरोपछि नदीले बाटो बदलिए आएको बाढीमा परी १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएका सरकारी सञ्चारमाध्यमहरुले बिहीबार जनाएको छ ।

छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीले छवटा गाउँका ६ हजार दुई सय भन्दा बढी मानिसलाई असर गरेको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । यस बाढीको कारण अगस्त १८ सम्म १६ जनाको ज्यान गएको छ । 

चीनमा बाढी चरम गर्मीको समयमा आउँछ । जलवायु परिवर्तनका कारण विश्वभर बारम्बार तापक्रम बढ्दै गएको वैज्ञानिकहरूले जनाएका छन्  । 

जुनमा दक्षिणी चीनमा आएको भीषण बाढीका कारण पाँच लाख भन्दा बढी मानिसलाई विस्थापित भएका थिए । करिब २५ करोड डलर बराबरको भौतिक सम्पति क्षति भएको थियो ।
 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  २ : ११ बजे