‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत 

ओखलढुंगा । ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ । 

दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १ : ४४ बजे