नागरिकता विधेयक विषयगत समितिमा पठाउन एमालेको माग

​​​​​​​काठमाडौँ । नेकपा एमालेले नागरिकता विधेयक विषयगत समितिमा पठाउन माग गरेको छ। 

प्रतिनिधिसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा नागरिकता विधेयक रोकेर सर्वदलीय बैठक बोलाउन र नागरिकता विधेयक विषयगत समितिमा पठाउन  माग गरिएको एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो। 

बैठकमा एमालेका  तर्फबाट  प्रमुख सचेतक विशाल भट्टराई, सांसदहरू कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङ सहभागी हुनुन्थ्यो ।

बैठकमा सत्तापक्षका सांसदहरूले भने अहिले नै पारित गरेर अघि बढ्ने बताएको थिए। 

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ । 

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद् सचिवालयको सम्भावित कार्यसूची छ ।

राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधिसभामा फिर्ता गर्नुभएको थियो। 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १२ : ०६ बजे