बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुरमा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बाग्मती सडक खण्डको लच्का नजिकै काठमाडौँबाट सर्लाही जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठक्कर दिँदा अटोमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको बाग्मती नगरपालिका–६ सोल्टी निवासी ढक बहादुर लुगेली मगर, सोही स्थान निवासी प्रेम ठाडा मगर, सोही स्थान निवासी अटो चालक रबी मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यस्तै, अटोमा सबार सबिना लुगेली मगरको दुवै खुट्टामा चोट लागेकोले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १० : ५५ बजे