सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक 

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरू बीचको बैठक आज बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १०ः०० बस्ने बैठकले आगामी मंसिर ४ गते लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । 

कार्यदलको बुधवारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुङ्गो लगाउने निर्णय गरेको थियो ।  कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट सङ्ख्याको मोडेललगायत मोडल प्रस्ताव गरेको छ । 

 

 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ७ : ३६ बजे