दक्षिण कोरियामा एक लाख ८० हजार भन्दा बढी सङ्क्रमित

सोल । दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसैसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड १६ लाख ८२ हजार आठ सय १६ पुगेको छ ।

केही दिनअगाडी घटेको कोरोना सङ्क्रमित पुनः बढेको बताइएको छ  । अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये  ४६९ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा ९४ जना कम भएको छ ।  

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४२ भन्दा बढीको मृत्यु भएको छ । यसैसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार सात सय ५२ पुगेको छ ।
 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  २ : १९ बजे