प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दै छ। 

गत १ फागुनमा महाअभियोगबाट निलम्बित भएका प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन हुने हो कि नहुने ? भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधि लगायतका विषयमा छलफल हुने छन् ।

प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समयपछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमति दिएपछि पहिलो बैठक बस्न लागेको हो  ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए। 

 

 

 

 

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : ४२ बजे