तराईमा चलेको पूर्वीय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव

काठमाडौं । मध्यतराईमा केहीदिनदेखि चैत वैशाखमा जस्तो पूर्वीय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासको सुख्खा हावा चल्न थालेछि स्वास्थ्यकर्मीहरुले यसबाट जोगिन सुझाव दिएका छन् ।  यो हावा स्वास्थ्यको लागि निकै हानिकारक हुने स्वास्थ्यकर्मीहरूले बताएको हुन्  ।  

हावा चलेपछि रोगव्याधि मात्र आउँदैन, पशुचौपाया र कृषि उत्पादनमा समेत प्रतिकुल असर पर्न सक्ने भन्दै चिकित्सकहरूको चेतावनी दिएका हुन्  । हावा चलेसँगै यसपालि धान उत्पादनमा समेत भारी र्‍हास आउनेछ अनुमान छ । चैत, वैशाखमा चल्ने जस्तै हावा पूर्वबाट बहेको हुनाले यसलाई पूर्वीय हावा पनि भन्ने गरिएको छ ।

स्वभाविकरुपमा अहिले चलिरहेको खडेरी र त्रासपुर्ण हावाले उत्पादनदेखि मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने वातावरणविद्हरूकोसमेत चिन्ता छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  २ : ४० बजे