राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा ब्यवस्था कडा

पोखरा – राष्ट्रपति बिद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।

विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा  गुरुङ समुदायको पर्वमा सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा पुगेपछि सुरक्षा ब्यवस्था कडा पारिएको हो ।

मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुग्नुभएको थियो । सोमवार दिनभर भेटघाटमा ब्यस्त रहनुभएको राष्ट्रपतिले अन्नपुर्ण केबलकारको निरिक्षणसमेत गर्नुभएको थियो ।

नागरिकता बिद्येयक संघीय संसदमा फिर्ता गरे पछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुरक्षा व्यवस्था थप कडा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

राष्ट्रपति भण्डारीले हालै संघीय संसदले पारित गरेको नागरिकता बिद्येयक सदनमा नै फिर्ता गरिदिए पछि बिभाजित प्रतिक्रिया आईरहेका छन भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसुची छ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ०६ बजे