‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जुम्ली खस भाषाको अभिलेखिकरण गरिँदै 

जुम्ला । जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो  ।

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको सिंजा गाउँपालिकाअध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयाे। उहाँले भन्नुभयाे, 'खस भाषा आयोगमा लिपिबद्ध गर्न पहल सुरू भएको छ । आयोगको टोली जुम्लाको सिंजामा पुगेर पाँच वटा खस लिपीको मानक प्रमाणीत गरेको छ ।' 

गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरेकाे छ ।  अब खस भाषाको लिपी भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्यूटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ । यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिँजामै प्रशिक्षण सञ्चलन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ । 

२४ स्वर र ४१ वटा व्यन्जन वर्ण टुंगो लाग्यो 
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खस भाषा अभिलेखिकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताउनुभयाे । खस भाषा अभिलेखिकरणका लागि राष्ट्रपतिकोमा प्रतिवेदन समेत पठाइएको छ । अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्ण समेत आयोगले तयार पारिसकेको छ । उहाँले भन्नुभयाे, 'वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारीसहितका जानकारहरूबाट सहयोग प्रदान भएको छ  ।'

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ०२ बजे