‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कुटपिटबाट मृत्यु, चार जना पक्राउ 

गोरखा । पालुङटार नगरपालिका–५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धि बहादुर बिकको कुटपिटबाट मृत्यु भएको छ । 

घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : २९ बजे