काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बेकेर बन्चरेडाँडा गइरहेका टिपरहरु फेरि रोकिएका छन् । फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मरेपछि कागती गाउँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेका हुन् । स्थानीयको अवरोधपछि फोहोरका सयौ गाडी रोकिएका छन् ।
आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले किचेर बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका हुन् ।
उपत्यकाको फोहोर हिजोदेखि उठ्न थालेको थियो ।
शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेको थियो । स्थानीयको आन्दोलनपछि आजबाट फेरि रोकिएको छ।
प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार २ : २१ बजे
प्रतिक्रिया