मुलुकका विभिन्न क्षेत्रमा वर्षा, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना 

काठमाडौँ । आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । 

दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । 

सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

मङ्गलवार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ श्रावण २९ गते (आइतबार)
​​​​​​​दिउँसो:
देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा  र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०७९ श्रावण ३० गते (सोमबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  रहनेछ। 

प्रदेश १, मधेस प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ श्रावण ३१ गते (मङ्गलवार)
दिउँसो:
देशभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  रहनेछ। 

देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ३१ बजे