जलेश्वर । महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको रु दुई कारोड ५५ लाखभन्दा बढीको उपकरणहरु प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो ।
कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले रु अढाई करोड बढीका ती उपकरणहरु प्रयोग गर्न नसकेकामा विगत दुई वर्षदेखि नै ती सामग्रीहरु प्रयोगविहीन बनेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शतिश साहले दक्ष जनशक्ति ९दरबन्दी० को अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसियु सञ्चालन आएको थिएन तर अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरु भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरुलाई कमिशन र कमाईका लागि ती उपकरणहरु किनिएको आरोप लगाए । उनीहरुले जनशक्ति नै थिएन भने ती उपकरणहरु किन किनियो रु भनि प्रश्न गरेका थिए ।
परीक्षा दिन आएका विद्यार्थीको खुल्ला चौरमा बास
आज बिहान भएको निम्नमाध्यमिक विद्यालयको अनुमति पत्र ९लाइसेन्स० को परीक्षा दिनका लागि विभिन्न जिल्लाबाट महोत्तरीको सदरमुकाम जलेश्वरमा आएका सयौँ विद्यार्थीहरु बास नपाउँदा खुल्ला चौरमा बस्न बाध्य भएका छन् ।
मधेस प्रदेशको विभिन्न जिल्लाबाट शुक्रबार जलेश्वरमा आएका परीक्षार्थीहरुले जलेश्वरमा पर्याप्त होटल, लाज, धर्मशाला तथा अन्य बासस्थानको सुविधा नभएका कारण खुल्ला चौरमा बसेर रात बिताउनु परेको गुनासो गरे । जलेश्वर रङ्गशालाको खुल्ला चौर, मनिपाल कलेजको खुल्ला चौर, महादेव मन्दिरको खुल्ला मैदानलगायत स्थानमा आफूहरुले रात बिताएको उनीहरुले बताए ।
बासस्थान नपाएका केही विद्यार्थीहरुलाई नगर प्रमुख सुरेश साह सोनारको पहलमा कबर्ड हल, पगला बाबा धर्मशालालगायतकामा बासको व्यवस्था मिलाइए पनि हजारौँको सङ्ख्यामा आएका परीक्षार्थी तथा तिनका अभिभावकका लागि बासस्थानको अभाव रहेको थियो ।
प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार २ : ४९ बजे
प्रतिक्रिया