काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अन्दाजी ६० ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बेरुवा औठी १ थान र ब्रासलेट १ थान सहित सर्लाही लालबन्दी नगरपालिका-६ घर भएका ३३ वर्षीय पदम स्याङ्तानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कतार एयरवेजको उडानद्धारा दोहाबाट काठमाडौं आएका स्याङ्तानलाई जाँच गर्दा भित्री वस्त्रमा उक्त धातु लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार ५ : १८ बजे
प्रतिक्रिया