‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

धरानमा रेड पाण्डाको छालासहित तीन जना पक्राउ   

सुनसरी । धरान उपमहानगरपालिका–१५ श्यामचोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।    

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : १४ बजे