प्रभु बैंक र होटल ग्राण्ड साम्बालाबीच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौँ – प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथका बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख श्री नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक श्री नाम्ग्य वाङ्गदी गुरुङद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त प्रा. लि.बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथ द्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग”  सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । 

उक्त सम्झौता अन्तर्गत होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ग्राण्ड साम्बाला प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १२ : २७ बजे