पशुपतिनाथमा जनैपुर्णिमाको रौनक (फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । 

बिहान सबेरै उठी पवित्र नदी, तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। 

आज श्रावण शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षा बन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ ।  

वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनै र रक्षासूत्र आफूभन्दा ठुला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । 

आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।

​​​​​​​

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ३३ बजे