नाडा ईभी एक्स्पो असोज ६ देखि आयोजना हुने

काठमाडौं । आगामी ६–९ असोजसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

बिहीबार बसेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको केन्द्रीय कार्य समितिको बैठकले असोज ६–९सम्म एक्स्पो आयोजना गर्ने निर्णय गरेको हो ।

सरकारले कार, जीप र भ्यान लगायतको सवारीसाधनमा प्रतिबन्ध लगाएपनिनाडा ईभी एक्स्पो–२०२२आयोजना गरेको  छ ।

सन् १९९८ देखि नाडाले अटो एक्स्पो गर्दे आएको छ । नाडा अटो एक्स्पो समितिका अनुसार भदौ १ देखि ५ सम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने छ ।

इभी एक्स्पोमा १२ वटा चारपाङ्ग्रे र २६ वटा दुई पाङ्ग्रे विद्युतीय सवारीहरु देख्न पाइने छ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ६ : ४२ बजे