एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा समिति

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । 

पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । 

समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललगायत रहनुभएका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ५ : ५० बजे