‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाटन नगरपालिकामा अब महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने

बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । 

नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताउनुभयो । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उहाँले बताउनुभयो । 

“योजनाको अधिकतम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा काम भरपर्दो हुन्छ । यसका साथै महिला इमानदारिताका साथ काम गर्छन्” उहाँले भन्नुभयो ।

उपभोक्ता समिति गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने उपमेयर बोहराले बताउनुभयो। नगरपालिका भित्र सञ्चालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढङ्गले सम्पन्न गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपभोक्ता समितिलाई भुक्तानी नदिने समेत उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : ०० बजे