२४ घण्टामा ८६८ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

काठमाडौँ ।  नेपालमा ८६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो । 

६ हजार ३०० नमुना परीक्षणमा मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो । 

२४ घण्टामा ४१४ निको र ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ४ : ५१ बजे