प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। 

संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ः०० बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । देउवाले नै ‘तथ्याङ्क विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्नेछन् । 

‘तथ्याङ्क विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पनि गरिनेछ । 

देउवाले राष्ट्रियसभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको सूचीमा उल्लेख गरिएको छ। 

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ५६ बजे