वनसँगै पशुपंक्षी पनि लोप हुँदै छन्, वन जोगाउन दत्तचित्त भएर लागौं  ः अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय तीव्ररुपमा वन विनाश हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । 

सामुदायिक वन दिवस २०७९ को अवसरमा समृद्धि नेपाल सुखी नेपाली निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वन विनाशले वन मात्रै नभएर पशुपंक्षी पनि लोभ हुँदै गएको  बताउनुभयो । 
‘वन विनाश तिव्ररुपमा भइरहेको छ। विनाशले वन मात्रै नभएर पशुपंक्षी पनि लोप हुँदै गएका छन्। त्यसैले सबै वन जोगाउन लागौं।’अध्यक्ष ओलीको भनाई थियो । 

अध्यक्ष ओलीले वनबाट वातावरण कसरी सुधार गर्ने भन्ने कुरा सोच्नुपर्ने बेला आएको बताउनुभयो।राष्ट्रिय वनजन्तुदेखि लिएर पर्यावरणमा समेत असर परेको भन्दै ओलीले वन जोगाउन सबै दत्तचित्त भएर लाग्न सुझाव दिनुभयो ।

उहाँले वन देशकै सबैभन्दा ठूलो सम्पत्ती र गहना भएको बताउनुभयो।उहाँले नेपालसँग हिमक्षेत्र भनेर चिनेने १७ प्रतिशत भुमी रहेको भन्दै यस्लाई जोगाउन आवश्यक रहेको बताउनुभयो । वनको संरक्षण र सुरक्षा गरेर राष्ट्रिय अर्थतन्त्रमा सहयोग र्पु याउन सकिने ओलीले बताउनुभयो । 

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ०९ बजे