गोकुल बाँस्कोटाले किन भने ‘तिहुनलाई तेल छैन, घस्नलाई घ्यू !’ ?

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सघीय सभासद् गोकुल प्रसाद बाँस्कोटाले कर्मचारीमाथि गरिएको असमान तलब वितरणप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।  

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बास्कोटाले समाजवादी सिद्धान्त अनुसार तलब असमान वृद्धि गर्ने भने साना कर्मचारीलाई बढी र ठुला कर्मचारीलाई कम  गर्नुपर्ने उल्लेख गर्नुभएके हो । ठुला कर्मचारीहरूको सेवा सुविधा सुरुमै बढी हुनेर आवश्यकता सानाको पनि उहीँ हुने हुँदा तलका कर्मचारीलाई तलबवृद्धि गर्नू पर्नेमा उल्टो गरिएको उहाँले उल्लेख गर्नुभएको हो । उहाँले तलब वृद्धिप्रति असन्तुष्टी व्यक्त गर्दै ‘तिहुनलाई तेल छैन, घस्नलाई घ्यू !’ भन्दै व्यङ्ग्य गर्नुभएको हो । 

हेर्नुहोस् बाँस्कोटाको स्टाटस :

तलवमानको बृद्दी दरको समाजवादी सिद्दान्त हो (माथिल्लो ओहोदाको थोरै र तल्लो ओहोदाको बढी गर्ने।अन्य सुबिधा माथिकाको अनेक हुन्छन र तलकाको कम।पारिवारिक दायित्व उही हो र राज्यको दायित्व बढी हुनाले माथिल्लो ओहोदाको तलवमान र अन्य सुबिधा सुरुमै बढी हुन्छ।तिहुनलाई तेल छैन, घस्नलाई घ्यू !

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : २५ बजे