राष्ट्रपति भवनमा घटस्थापना

सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरू आन्दोलित

काठमाडौँ । सिंहदरबारभित्र कार्यरत  निजामती कर्मचारीहरूले आन्दोलन गर्दै  ‘पेन डाउन’ गरेका छन् ।

निजामती कर्मचारी युनियनका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको हो । अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत उच्च तहको कर्मचारीहरूको मात्रै तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

आन्दोलित कर्मचारीहरूले पहिलो चरणमा ‘पेन डाउन’ आन्दोलन सुरु गरेका हुन् । कर्मचारीहरूले अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी समेत गरिरहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : १० बजे