गठबन्धन गंभिर नभए मुलुकको अर्थतन्त्रमा गंभिर संकट आउने : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

​​​​​​​​​​​​​​​​​​​​​काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले पाँच दलीय गठबन्धनको सरकार गंभिर नभए मुलुकको अर्थतन्त्रमा गंभिर संकट आउने चेतावनी दिनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल (पीन)ले काठमाडौँमा आयोजना गरेको ‘पूँजीगत खर्च र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव’ विषयक बहस श्रृङ्खला- १ मा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालको अर्थतन्त्रको वारेमा विश्व बैंक, एसियाली विकास बैंकलगायतका संस्थाहरुले विशेष निगरानि गरिरहेको उल्लेख गर्नुभयो । नेपालको पूँजीगत खर्च अन्त्यन्त कमजोर रहेको उल्लेख गर्दै उहाँले ऋण तथा अनुदान गरी वार्षिक करिव दुई सय ५० अरव रकम आउने भएता पनि सरकारले पूँजीगत खर्च गर्न नसक्दा एक वर्षमा ४४ अरव मात्र रकम आएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको पूँजीगत खर्च कमजोर रहेको छ । नेपालको अर्थतन्त्रको बारेमा ऋण तथा अनुदान प्रदान गर्ने विश्व बैंक, एसीयाली विकास बैंक लगायतका संस्थाहरुले विशेष रुपमा निगरानी गरिरहेका छन् । ऋण तथा अनुदान खर्च गर्ने सरकारको क्षमता नभएकाले वार्षिक रुपमा करिव दुई सय ५० अरव रकम ऋण तथा अनुदान आउने भएता पनि एक वर्षमा करिव ४४ अर्वमात्र रकम आएको छ । एक वर्यामा १९ अरव आयता भएको छ भने दुई खर्वमात्र निर्यात भएको छ । जसले गर्दा मुलुकमा वार्षिक १७ अरव घाटा रहेको छ । रेमिट्यान्सबाट १० अरव आएको छ ।’

घाटा परिपूर्ति गर्ने माध्यम तथा सरकारको योजना नै नरहेको आरोप लगाउँदै उहाँले नेपालबाट सोयाविन, सनफ्लावर लगायतका वस्तुहरु निर्यात गरे पनि भारत लगायतका देशहरुले उक्त वस्तुहरुको लागि उचित बजार नदिएको स्पष्ट पार्नुभयो । आन्तरिक उत्पादनलाई बढावा दिई खर्च तथा आयातलाई घटाउनु नै अर्थतन्त्र सुधारको मुख्य तरिका हुने उल्लेख गर्दै उहाँले सरकारले पूँजीगत खर्चलाई बढाउनको लागि साना आयोजनाको साथ साथै ठूला ठूला राष्ट्रिय गौरवका आयोजनाहरुलाई तिव्र गतिका साथ अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । वर्तमान तरिकाले मात्र राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालन भएका सम्पन्न गर्न २० देखी ३० वर्ष सम्म लाग्न सक्ने भन्दै उहाँले सरकारले ठूला आयोजनालाई विशेष प्राथमिकता दिई बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । चालु खर्चभन्दा बढी अर्थमन्त्रालयले खर्च गरेको सूचना आफुहरुले पाएको जानकारी गराउँदै उहाँले उक्त कुरा अर्थसमितको माध्यमबाट मन्त्रालयलाई वास्तविक डाटा माग गरेको समेत जानकारी दिनुभयो ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले द्वन्द, भुकम्प, कोरोना, नाकावन्दी लगायतका प्राकृतिक विपत्तीका कारण समेत देशको अर्थतन्त्रमा समस्य उत्पन्न भएको उल्लेख गर्नुभयो । व्यापार घाटालाई सरकारले व्यवस्थापन गर्न नसक्दा नेपालको अर्थतन्त्र अहिले संकटको बाटोमा अगाडी बढेको उल्लेख गर्दै उहाँले सरकारले जनता तथा संसदले खोज्दा समेत नटेर्ने गरेको भन्दै गुनासो गर्नुयभो । उहाँले भन्नुभयो, ‘संसदले खोज्दा पनि जवाफ नदिने सरकारले हामीहरुले गोष्ठी तथा सेमिनारबाट खोज्दा वा दवाव दिँदा के नै होला र ? सरकार नै जनता तथा संसदप्रति गैर जिम्मेवार छ ।’

एक दशकमा गरिवी २५ प्रतिशतबाट १८ प्रतिशतमा आउनु सुखद् भएको उल्लेख गर्दै उहाँले रोजगारी तथा अर्थतन्त्रको सुधारको महत्वपूर्ण पक्षर नीजि क्षेत्र सरकारसँग असन्तुष्टि रहेको दावी गर्नुभयो । सामाजिक सुरक्षा भक्ता बजेको करिव १३ प्रतिशत रहेको जानकारी गराउँदै उहाँले नेपालको वर्तमान अर्थव्यवस्थाले उक्त रकम धान्न कठिन रहेको बताउनुभयो । चालु खाता खतराको घण्टि बजिरहेको उल्लेख गर्दै उहाँले सरकारले ल्याएको बजेट हचुवा भएकाले पुरा हुन नसक्ने दावी गर्नुभयो । नेपालको अर्थतन्त्र सेटिङमा चलिरहेको आरोप लगाउँदै उहाँले शेयर बजार र घरजग्गाको कारण समेत अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताउनुभयो ।

पूर्वाधार निर्माणका विज्ञ डा. सूर्यराज आचार्यले अर्थतन्त्र सुरकारको लागि आयातलाई कम गरी आन्तरिक उत्पादनलाई जोड दिई दिर्घकालिन समस्या समाधान तर्फ जानुपर्नेमा जोड दिनुभयो । विश्वभर पूर्वाधार निर्माणमा ठूलो लगानी हुने गरेको तथ्यहरु उल्लेख गर्दै उहाँले नेपालले अन्तरदेशीय कनेक्सन नै मुलुकको गमे चेन्जर भएको बताउनुभयो । सडक, रेल, पानीजहाज, हवाई मार्गको प्रयोग गरी अन्तरदेशीय कनेक्सन गरी नेपाल अगाडी बढ्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै उहाँले पञ्चवािषर््य योजना अनुसार सरकारले बजेटको व्यवस्थापनलार्य विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेता तथा कर्मचारी विदेश भ्रमण जाँदा समेत ऋणको रकमबाट सुविधा लिने गरको गुनासो गर्दै उहाँले पूर्वाधार निर्माणमा सरकारको योजनाभन्दा पनि डोनरको योजनामा सरकार चल्ने गरेको आरोप लगाउनुभयो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक शुशिल ज्ञवालीले असार मसान्तमा मात्र खर्च गर्ने परम्पराले गर्दा पूँजीगत खर्चमा समस्या उत्पन्न हुने गरेको बताउनुभयो । पूर्वाधार निर्माणका कामहरुमा प्राविधिक समस्या समेत व्यापक मात्रामा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा मुलुकको विकास र समृद्धिलाई लक्षित विन्दुमा पुर्याउनको लागि नयाँ गाईड लाईन र मोडको माध्यम अपनाउनुपर्नेमा जोड दिनुभयो । बजेट अभावका कारण विकास निर्माणका कार्यहरु समयमा नै सम्पन्न हुन नसकेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष डा. सुरज लामिछानेले वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी नभएको आरोप लगाउनुभयो । मूल्यवृद्धि आकाशीदा सरकार मौन रहेको आरोप लगाउँदै उहाँले अराजक झुण्डहरुले गर्दा वौद्धिक वर्ग पछि पर्न थालेको गुनासो गर्नुभयो । अराजक व्यक्तिहरुकै कारण समाज आफन्तवाद र झुण्डहरुको हातमा गएको उल्लेख गर्दै उहाँले अब बौद्धिक वर्गहरु बोल्ने र व्यवहारमा उतार्ने समय आएको बताउनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : १५ बजे