पार्टी प्रवेश तथा वृहत् जनसभा कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज रौतहट जानुहुँदै

रौतहट ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जाँदै हुनुहुन्छ ।

गौरमा पार्टी प्रवेश तथा वृहत् जनसभा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली रौतहट जान लाग्नुभएको हो।

एकीकृत समाजवादीसहित विभिन्न पार्टी त्यागेर हजारौँ नेता कार्यकर्ता एमालेमा प्रवेशको तयारी गरेका छन् । 

पार्टी स्थायी कमिटी सदस्य प्रभु साहका अनुसार गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्तासहित विभिन्न पार्टी परित्याग गरेर ठुलो सङ्ख्यामा मानिसहरू एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।

पार्टी प्रवेश गराउनका लागि अध्यक्ष आज आज १:००बजे गौर पुग्नुहुनेछ ।

‘चलु गौर,भरूँ गौर’ भन्ने नाराका साथ गौरको ब्यारेक फिल्डमा आमसभाको कार्यक्रम राखिएको एमाले केन्द्रीय सदस्य एवं सांसद रेखा झाले बताउनुभयो ।

अध्यक्ष ओलीले गौरका पूर्व मेयर एवं लोसपाका नेता अजय गुप्तासहित हजारौँलाई पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : ०४ बजे