‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा, २१ लाख ४७ हजार बिगो दाबी 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् । 

दायर गरिएको मुद्दामा उनीहरु सबैसँग २१ लाख ४७ हजार ४९२ रुपैयाँ बिगो दाबी गरिएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ३७ बजे