भियनास्थित संयुक्त राष्ट्रसंघका प्रमुखको एक चीन नीतिप्रति स्पष्टोक्ति

भियना – संयुक्त राष्ट्रसंघको भियनास्थित कार्यालयले संयुक्त राष्ट्रसंघको महासभाका प्रासङ्गिक प्रस्तावहरूको पालना गर्दै एक चीन नीतिको पक्षमा रहेको कार्यालयका महानिर्देशकले शनिबार उल्लेख गर्नु भएको छ।

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयका कार्यकारी निर्देशक घडा वालीले अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणको प्रतिक्रियामा सिन्ह्वासँगको अन्तर्वार्तामा उक्त धारणा राख्नुभएको हो।

उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको एक चीन नीति बारेको हालैको टिप्पणीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ महासभाले पारित गरेको एक चीन नीतिको पक्षमा विश्व सङ्गठन रहेको बताउँनु भएको हो।

रासस-सिन्ह्वा

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : १६ बजे