राष्ट्रपतिबाट डा.गिरीको स्वास्थ्यस्थितिबारे चासो

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिका तर्फबाट उहाँका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उहाँको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाउनुभएको जानकारी दिनुभयो ।  
 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १२ : १२ बजे